हेटौंडा–१७ मा ज्येष्ठ नागरिक मञ्च गठन, अध्यक्षमा पुडासैनी

तु खबर संवाददाता
२०७८ चैत्र २७, आईतवार १८:०९

मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्वर १७ मा ज्येष्ठ नागरिक वडा मञ्च गठन गरिएको छ । आइतवार श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रम, हेटौडा–१७ गैरीगाउँमा सम्पन्न भएको वडा भेलाले यतिन्द्र पुडासैनीको अध्यक्षतामा ७ सदस्यीय ज्येष्ठ नागरिक वडा मञ्च गठन गरेको हो ।

समितिको सचिवमा बुद्धिनाथ न्यौपाने, कोषाध्यक्षमा चक्रधरी घिमिरे चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः श्रीप्रसाद न्यौपाने, नानीबाबु बत्र्तौला, सीता अधिकारी, लालबहादुर नेगी चयन भएका हुन । मञ्च गठन ज्येष्ठ नागरिक जिल्ला संघ, मकवानपुको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा भएको हो ।

कार्यक्रम ज्येष्ठ नागरिक जिल्ला संघ, मकवानपुरका अध्यक्ष हरिप्रसाद सिग्देलको अध्यक्षता तथा ज्येष्ठ सदस्य तुलसीमाया बर्तौलाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा हेटौडा–१७ का वडा सदस्य टिका प्रसाद तिमल्सिना, ज्येष्ठ नागरिक जिल्ला संघ, मकवानपुरका सदस्य केशव प्रसाद सञ्जेल, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–१७ का सचिव शालिकराम घिमिरे, बैंकटेश टोल विकास संस्थाका अध्यक्ष बोधनाथ तिमल्सिना, चुच्चेखोला टोल विकास संस्थाका उपाध्यक्ष शिवप्रसाद गौतम, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।