समाचार

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक यही चैत्र ३० गते दिउँसो २ बजे बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मुख्यसचिव पौडेलले सोमबार एक सूचना जारी गर्दै सो बारे जानकारी दिएका हुन् । बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य लाई...

मकवानपुरका १६५ मतदान स्थलमध्ये १९ वटा अतिसंवेदनशील

मकवानपुर । मकवानपुरका १९ वटा मतदान स्थलहरु अतिसंवेदनशील अवस्थामा रहेका छन् । सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ वटा मतदान स्थलहरुमध्ये १९ वटा अतिसंवेदनशील अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार, जिल्लाका ६० वटा मतदान स्थलहरु संवेदनशील र बाँकी ८६ वटा कम संवेदनशील (सामान्य) अवस्थामा रहेका...

स्थानीय तह निर्वाचन : ४५ लाख २२ हजार मतपत्र छाप्यो

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाखमा हुने स्थानीय तह चुनावका लागि ४५ लाखभन्दा बढी मतपत्र छापिसकेको जनाएको छ । आयोगले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी बैशाख ३० गते हुने चुनावका लागि हालसम्म ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जानकारी गराएको हो । आयोगले २८ जिल्लाका लागि आवश्यक...

बागमती प्रदेशमा उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने तयारी छ : मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशमा उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने तयारी रहेको बताएका छन् । सोमबार काठमाडौंमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएका हुन् ।...

शशांक कोइरालाको अभिव्यक्तिप्रति निर्वाचन आयोगको ध्यानाकषर्ण

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चुनाव खर्चबारे दिएको अभिव्यक्तिप्रति निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ । कोइरालाले हालै मात्र २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको भनि दिएको अभिव्यक्तिप्रति आयोगले ध्यानाकर्षण भएको जनाउँदै सात दिनभित्र त्यसको जवाफ दिन निर्देशन दिएको छ । कोइरालाले यसअघिको...

थप २२ जनामा कोरोना संक्रमण, ४६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ९ सय ७२ जनाको पीसीआर र १...

हेटौंडामा बैशाख १ गते मेघा कन्सर्ट हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आगामी बैशाख १ गते मेघा कन्सर्ट हुने भएको छ । कन्सर्ट बागमती फाउण्डेसनको आयोजनामा बैशाख १ गते हुने भएको भएको हो । नयाँ वर्ष २०७९ को अवसरमा कन्सर्टको आयोजना गर्न लागिएको फाउण्डेसनका अध्यक्ष दर्शन क्षेत्रीले जानकारी दिए । कार्यक्रम हेटौंडाको भुटनदेवी विद्यालयको खेल...

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मक्रान्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्थाले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सहकारीले आफ्नो २४ औं स्थानपना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको...

मकवानपुर उद्योग वाणिज्य संघद्वारा दृष्टिविहिन परिवारलाई खाद्यान्न सहयोग

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडाको बसामाडी निवासी दृष्टिविहिन परिवारलाई खाद्यान्न सहयोग गरेको छ । संघले उद्योग वाणिज्य दिवसको अवसरमा दृष्टिविहिन परिवारलाई खाद्यान्न सहयोग गरेको हो । संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको नेतृत्वमा पञ्चबहादुर सोनारको परिवारलाई उक्त खाद्यान्न वितरण गरिएको थियो । एकै परिवारका पाँच सदस्यमध्ये तीन जना...

सोमबार ४४ अंकले घट्यो शेयरबजार

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । पछिल्लो समय मुलुकमा आर्थिक संकट बढ्दै गएकोमा शेयरब जारमा प्रभाव पर्न गएको हो । आज नेप्से परिसूचक ४४ दशमलव ६४ अंकले घट्न पुगेर २ हजार ४१९ दशमलव ७१ विन्दुमा कायम भएको छ । नेप्सेमा...