थप २२ जनामा कोरोना संक्रमण, ४६ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ९ सय ७२ जनाको पीसीआर र १ हजार १ सय ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ठघघ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ९ सय ५१ को मृत्यु भएको छ भने ९ लाख ६६ हजार ७४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५६८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५४४ जना होम आइसोलेसनमा रहेका छन् भने २४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।कोरोनाका बिरामीमध्ये ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
