स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मक्रान्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्थाले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सहकारीले आफ्नो २४ औं स्थानपना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए । यस्ते, स्थापना दिवसको अवसरमा सहकारीले जेष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पूर्ण कुमारी श्रेष्ठ, गुणकुमारी सापकोटा, इन्द्रकुमारी खड्का, चित्र कुमारी बजगाई, प्रेमकुमारी दाहाल, सानुमाया थिङ, सुन्तली माया थिङ, चन्द्रमाया घिमिरे र चन्द्रमाया विश्वकर्मा रहेका छन् ।
कार्यक्रममा वडा ३ का अध्यक्ष भागवत घिमिरे, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव बिरेन्द्र प्रसाद ढुङ्गाना, श्रमिक साना किसान कृषि सहकारीका उपाध्यक्ष मानकुमारी पाख्रिन लगायतको आतिथ्यता रहेको थियो ।
