रेडियो थाहासञ्चारले मनाइयो धान दिवस

तु खबर संवाददाता
२०८० असार १५,शुक्रबार १६:२३

मकवानपुर । रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाले मकवानपुरगढीमा २० औं राष्ट्रिय धान दिवस मनाईएको छ । रेडियोले बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्य तथा महिन्द्रा एग्रो सोलुशन्सको सहयोगमा मकवानपुर जिल्लाकै सबै भन्दा बढी धान उत्पादन हुने मकवानपुरगढी गाउँपालिकामा गएर धान दिवस मनाईएको हो ।

रेडियोले गाउँपालिका प्रमुख, वडाध्यक्षसहित सयौं जनाको सहभागितामा स्थानीय किसानको खेतमा सामुहिक धान रोपेर दिवस मनाईएको हो । रेडियो थाहासञ्चार हेटौंडाका स्टेशन म्यानेजर गोकुल अधिकारीको सभाध्यक्षतामा भएको रोपाँई कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका प्रमुख दावा दोर्जे लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

हिलोमा धान रोप्न खेतमा पुगेका पालिका अध्यक्ष लामाले मकवानपुरगढीको समृद्धिको आधार नै कृषि भएको बताए । उनले गढि गाउँपािलकामा हाल १४ सय हेक्टर जमिनमा धान खेति हुने गरेको बताए । अघिल्लो वर्षहरुमा २ हजार हेक्टर जमिनमा धान खेती हुने भएपनि अहिले धानखेती कम हुँदै गएको दुखेसो पोखे ।

पालिका अध्यक्ष लामाले पालिका वर्षेनी ६५ हजार मेट्रिक टन धान उत्पादन भईरहेको बताउँदै उपभोग गरे बाँकी रहेको धान बिचौलीयको हातमा नभई सिंधै उपभोत्तालाई विक्रि गर्न सकिने बताए । त्यसका लागि गाउँपालिकाले पनि सहयोग गरिरहेको उनले बताए । अध्यक्ष लाामाले पछिल्लो समय धान खेतीमा कमी आईरहेको भन्दै जमिन बाँझो नराख्न किसानहरुलाई आग्रह गरे ।

त्यसैगरी, गढि गाउँपालिका वडा नम्वर–५ का अध्यक्ष दिपेश दाहालले कृषिको माध्यमबाट समग्र पालिकाको समृद्धिको आधार तय गरेको र यान्त्रीकरणको वडाले पनि बजेटको व्यवस्था गरेको बताए । उनले प्रविधिको प्रयोग गरी कृषिलाई व्यवसायिकरण गरेर अघि बढे मात्र किसानले यसबाट लाभ लिन सक्ने बताउँदै यान्त्रिकरणका लागि किसानलाई बिशेष अनुदानको व्यवस्था गरिएको बताए ।

रोपाँई कार्यक्रममा महिन्द्रा एग्रो सोलुशन्सको प्रतिनिधि दोर्जे लामा तितुङ् , बुङ्दल सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष चन्द्र प्रसाद दुलाल , गढी–५ स्थित आधारभुत प्राथमिक विद्यालयका प्रधानध्यापक प्रल्हाद घिमिरे लगायतको आतिथ्यता रहेको थियो । गढी गाउँपालिका –५ सिमलटार, धादिङमा भएको रोपाईमा दही– चिउरा समेत खाएर कार्यक्रमको समापन गरिएको थियो ।