मकवानपुरमा दुई जना मृत फेला


मकवानपुर । मकवानपुरमा सोमबार एकैदिन दुई जनाको शव फेला परेको छ । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा गरी दुई जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
जिल्लको इन्द्रसरोबर गाउँपालिका वडा नम्वर ४ पुरण्डिस्थित सोमबार एक जना युवती मृत अवस्थामा फेला परकी छन् । थाहा नगरपालिका–५, दामन बस्ने २४ वर्षीया स्वस्तिका डिमडुङ मृत अवस्थमा फेला परेकी हुन् ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, डिमडुङ आफ्नै मईती घरको जस्ताले छाएको टिनको टहरा भित्र बलोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
यस्तै, सोमबार नै साँझ ८ बजेको समयमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७, सातकन्य पाखास्थित बस्ने स्थानीय ५५ वर्षीय बिरबहादुर मोक्तान मृत अवस्थमा फेला परेका छन् । मोक्तान घरबाट अन्दाजी १५० मिटर पुर्व खनायोको रुखमा नाईलनको डोरी भएको नाम्लोको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
प्रहरीले दुबै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।