अपडेटः मकवानपुरगढीमा गठबन्धनको अग्रता कायमै, दोर्जे ६५२ मतले अगाडि
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता कायमै राखेका छन् । वडा नम्वर १ र ८ को मतगणना पूर्ण रुपमा सम्पन्न भइसकेको छ भने वडा नम्वर २ र ७ को मतगणना जारी रहेको छ ।
यो समाचार तयार पार्दासम्म गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दार्जे स्याङ्तानले ६५२ मतले नेकपा एमालेका विदुर हुमागाईंलाई पछि पारेका छन् ।
उनले १ हजार ४३२ मत ल्याउँदा हुमागाँईले ७८० मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा गठबन्धनकी उम्मेदवार मानकुमारी पाख्रिनले १ हजार २८० मत ल्याउँदा एमालेकी सन्तु थिङ्ले ७९३ मत प्राप्त गरेकी छन् । अहिले वडा नम्वर २ र ७ को मतगणना जारी छ । वडा नम्वर १ र ८ मा भने क्रमश कांग्रेसका आइत सिं लो र कुमार घिसिङ् निर्वाचित भएका छन् ।
