मकवानपुरमा मानव कंकाल फेला

तु खबर संवाददाता
२०८१ बैशाख ९, आईतवार १०:२९

मकवानपुर । मकवानपुरमा मानव कंकाल फेला परेको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं.८ आलखोला जंगलमा मानव कंकाल फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रदेश प्रहरीका अनुसार, शनिबार बिहान आलखोला जंगलमा घाँस काटन गएका स्थानीयहरुले मृत मानिसको कंकाल फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा रहेको कपडा तथा कपाल हेर्दा पुरुष व्यक्तिको कंकाल जस्तो देखिए पनि पुष्टि भइनसकेको जनाइएको छ ।

घटनास्थलको मुचुल्का लगायतको कानुनी प्रकृया पूरा गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।