हेटौंडामा बैशाख १ गते मेघा कन्सर्ट हुने
२०७८ चैत्र २८, सोमबार १६:२८
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आगामी बैशाख १ गते मेघा कन्सर्ट हुने भएको छ । कन्सर्ट बागमती फाउण्डेसनको आयोजनामा बैशाख १ गते हुने भएको भएको हो । नयाँ वर्ष २०७९ को अवसरमा कन्सर्टको आयोजना गर्न लागिएको फाउण्डेसनका अध्यक्ष दर्शन क्षेत्रीले जानकारी दिए ।
कार्यक्रम हेटौंडाको भुटनदेवी विद्यालयको खेल मैदानमा हुने भएको हो । दिउँसो १२ बजेबाट सुरु गरिने भएको कार्यक्रममा चर्चित गायिका टीका प्रसाई, गायक खेम सेन्चुरी, विकास पाण्डेले, हाँस्य कलाकार राजेन्द्र नेपाली (लटे) र प्रभात लामा लगायतको आफ्नो प्रस्तुती दिने अध्यक्ष क्षेत्रीले बताए ।
