समाचार

माओवादी हेटौंडा–११ मा वडा सम्पर्क कार्यालयको उद्घाटन

मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ को वडा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमबीच बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उक्त कार्यालयको उद्घाटन गरेकी हुन् । वडा सम्पर्क कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि मोक्तानले माओवादीले जनतासंग गरेको बाचा पूरा गर्दै आएको र...

एमालेले आगामी बैशाख ९ गते स्थानीय निर्वाचनको घोषणापत्र जारी गर्ने

काठमाडौं । नेकपा एमालेले आगामी बैशाख ९ गते स्थानीय तहको निर्वाचनको घोषणापत्रजारी गर्ने भएको छ । पार्टीका वरिष्ठ उपाधयक्ष ईशवर पोखरेलले आज (मंगलबार) पार्टीका नेताहरुले बुझाएको सुझावपत्र ग्रहण गर्दै सो बारे जानकारी गराएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई हक्का राखेर प्रतिवद्धता जारी गर्नुपर्ने बताए...

नेपाल प्रेस युनियन महाधिवेशनः थप ७ वटा समिति गठन

मकवानपुर । हेटौंडामा आगामी जेठ १३ र १४ गते हुने नेपाल प्रेस युनियनको नवौं महाधिवेशन सम्पन्न गर्न थप ७ वटा समितिहरु गठन गरिएको छ । प्रेस युनियन मकवानपुर र महाधिवेशन समन्वय समितिको आह्वानमा मंगलबार भएको भेलाले महाधिवेशनलाई व्यवस्थित ढंगले सम्पन्न गराउनको लागि विभिन्न क्षेत्रको जिम्मेवारी दिनेगरी समिति गठन गर्ने...

मकवानपुरका महिला पत्रकारलाई नियमित सेनिटरी प्याड उपलब्ध गराइने

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको संयोजनमा मकवानपुरका महिला पत्रकारहरुलाई नियमित रुपमा सेनिटरी प्याड उपलब्ध गराइने भएको छ । निःशुल्क दूर्घटना बिमा, उपचार कोष जस्ता सुविधालाई निरन्तरता दिइरहेको महासंघले नियमित रुपमा सेनिटरी प्याड उपलब्ध गराउने भएको हो । सेनिटरी प्याडको लागि महासंघले औषधि व्यवसायी संघ मकवानपुरको सहयोग लिने भएको...

थप २६ जनामा कोरोना संक्रमण, ३७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ७८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ८ सय ६६ जनाको पीसीआर परीक्षण...

स्थानीय तह निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृती

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृती दिएकी छन् । राष्ट्रिय सुरक्षा परिषदको चैत्र १७ गतेको सिफारिस र मन्त्रिपरिषदको चैत्र २४ गतेको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएकी हुन् । राष्ट्रपति कार्यालयले मंगलबार एक सूचना...

बागमती प्रदेश प्रमुख शर्माद्वारा ४ वटा अध्यादेश जारी

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ४ वटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम बागमती प्रदेश मन्त्रीपरिषद् कार्यालयबाट सिफारिस भइ आएको विभिन्न ४ वटा अध्यादेश जारी गरेका हुन् । प्रदेश प्रमुख शर्माले स्थानीय तहको सेवाको गठन तथा संचालन...

एमालेबाट हेटौंडाको मेयरमा ३ जनाको नाम सिफारिस, कसले पाउला टिकट ?

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगर कमिटी बैठकले हेटौंडाको मेयरमा बहालवाला मेयर हरिबहादुर महतसहित ३ जनालाई सिफारिस गरेको छ । बैठकले मेयर पदमा महतसहित संविधानसभा सदस्य अनन्त पौडेल र नेतृ गणेश कुमारी प्रधानको नाम सिफारिस गरेको हो । एमालेको चैत २७ गते बसेको बैठकमा मेयर पदमा ९ जना नेताहरुले...

नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले गिरावट

काठमाडौं । आज साताको तेस्रो दिन पनि शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ३४ दशमलव ७८ अंकले घटेर २ हजार ८५ दशमलव ०२ विन्दुमा झरेको छ । आज नेप्सेमा सूचीकृत ३२७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५२...

मावन कंकालसहित एक भारतीय नागरिक पक्राउ

विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट मानवको हड्डीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हा रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीले मंगलबार दिउँसो सीमावर्ती क्षेत्र रानीबाट मानव शरीरका हड्डीसहित पक्राउ गरेको हो । सिन्हा...