स्थानीय तह निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृती

तु खबर संवाददाता
२०७८ चैत्र २९, मंगलवार १७:३२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृती दिएकी छन् ।

राष्ट्रिय सुरक्षा परिषदको चैत्र १७ गतेको सिफारिस र मन्त्रिपरिषदको चैत्र २४ गतेको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएकी हुन् । राष्ट्रपति कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।

हेर्नुहोस् सूचना ।