माओवादी हेटौंडा–११ मा वडा सम्पर्क कार्यालयको उद्घाटन

तु खबर संवाददाता
२०७८ चैत्र २९, मंगलवार १८:३३

मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ को वडा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमबीच बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उक्त कार्यालयको उद्घाटन गरेकी हुन् ।

वडा सम्पर्क कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि मोक्तानले माओवादीले जनतासंग गरेको बाचा पूरा गर्दै आएको र आगामी दिनमा पनि गर्ने प्रतिवद्धता जनाएकी थिइन् । साथै उनले सुकुम्बासीलाई लालपुर्जा दिन माओवादीले नै पहल गरेको बताइन् । उनले दुःख पर्दा माओवादी पार्टीलाई सम्झिन जनतालाई आग्रह गरिन् ।

माओवादी हेटौंडा–११ का अध्यक्ष देवकृष्ण थोक्करको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य श्रद्धा लामा, बागमती प्रदेशसभा सदस्य तथा माओवादी बागमती प्रदेशको अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु), बागमती प्रदेश वाइसियल इन्चार्ज तथा पार्टीको विशेष प्रदेश उपाध्यक्ष प्रकाशचन्द्र पाण्डे, माओवादी बागमतीको प्रदेश कमिटी सचिवालय सदस्य ललित घलान, शंकरराज बानियाँ (सागर), बागमती प्रदेश परिषद् सदस्य रामजी नेपाल र माओवादी मकवानपुर जिल्ला सचिवालय सदस्य कमलचन्द्र सुमनलगायतको उपस्थिति रहेको थियो ।