समाचार

माओवादी केन्द्रको वेवसाइट उद्घाटन

काठमाडौं । नेकपा माओवादी केन्द्रको वेवसाइट उद्घाटन गरिएको छ । पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट वेवसाइट उद्घाटन गरेका हुन् । उक्त वेवसाइट आगामी बैशाख १ गतेदेखि नियमित संचालनमा आउँने प्रचार तथा प्रकाशन विभाग सचिव गोविन्द आचार्यले जानकारी...

बाघको आक्रमणबाट मगरको मृत्यु

वीरगञ्ज । बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगर रहेका छन् । सोमबार बिहान उनीसहित ४ जना कोल्हबी नगरपालिका–२ स्थित तामागढी साझेदारी वन व्यवस्थापन समूहमा घाँस काट्न गएका थिए । बाघले उनलाई एक्कासी आक्रमण गरेको थियो ।...

फेकोफनको प्रदेश स्तरीय समन्वयात्मक बैठक हेटौंडामा सम्पन्न

मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजनामा सोमवार हेटौंडामा फेकोफन बागमती प्रदेश स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठक फेकोफन बागतमी प्रदेशकी कोषाध्यक्ष निर्मला न्यौपानेको सभाध्यक्षता एवम् सामुदायिक वन उपभोक्ता महासंघ, राष्ट्रिय कार्यसमितिकी अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता बसेको हो । बैठकमा टिएफ परियोजना अधिकृत सीता अर्यालले...

ट्रकले ठक्करबाट स्कुटर चालकको मृत्यु

वीरगञ्ज । बारामा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुर सिमरा उपमहानगरपालिका–७ बस्ने ६० वर्षीय कन्हैयाबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार, सोमबार दिउँसो वीरगञ्ज–पथलैया सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ स्थित सिपर्दी ट्रेडिङ नजिकै ना ५ ख ७५०७...

अटोमेटिक पेस्तोलसहित २ जना पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुरधाममा अटोमेटिक पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका–१ घर भई जनकपुरधाम ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंह रहेका छन् । ज ७ प ७९३२...

आज बागमतीसहित यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहनुक साथै पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली...

प्रेस युनियनको महाधिवेशनको तयारी तीव्र, ट्रेड युनियन कांग्रेससँग छलफल

मकवानपुर । आगामी जेठ १३ र १४ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशन तयारीको सन्दर्भमा सोमबार स्थानीय आयोजक समन्वय समितिले ट्रेड युनियन कांग्रेस मकवानपुरसँग छलफल गरेको छ । महाधिवेशन सम्पन्न गर्न आवश्यक सहयोग र समन्वयको लागि आग्रह गर्दै आयोजक समितिले ट्रेड...

कांग्रेस नेता पराजुलीद्वारा विद्यालयलाई प्रिन्टर र कम्युटर सहयोग

मकवानपुर । नेपाली कांग्रेसका मकवानपुरका नेता आनन्दराम पराजुलीले मकवानपुरको थाहा नगरपालिकास्थित एक विद्यालयलाई प्रिन्टर र कम्युटर सहयोग गरेका छन् । थाहा नगरपालिका वडा नम्वर ८ ऐँसेलुखर्कस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई एक थान प्रिन्टर र एक थान कम्युटर सहयोग गरिएको हो । नेता पराजुलीले सोमबार हेटौंडामा एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक सीताराम...

बागमती प्रदेशमा ५ दलीय गठबन्धन सहमति नजिक

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार दलको ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा चलेको छलफलमा बागमती प्रदेशका १ सय १९ पालिका र एक हजार एक सय २१...

मकवानपुरमा म्यादी प्रहरीको प्रशिक्षण सुरु

मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा छनोट भएका म्यादी प्रहरीको प्रशिक्षण सुरु भएको छ ।उक्त प्रशिक्षण कार्यक्रमको सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले उद्घाटन गरेका हुन् । मकवानपुर जिल्लामा म्यादी प्रहरीमा १ हजार ४ सय ७३ जना छानिएका छन् । म्यादी प्रहरीको...