मकवानपुरमा म्यादी प्रहरीको प्रशिक्षण सुरु
मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा छनोट भएका म्यादी प्रहरीको प्रशिक्षण सुरु भएको छ ।उक्त प्रशिक्षण कार्यक्रमको सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले उद्घाटन गरेका हुन् ।
मकवानपुर जिल्लामा म्यादी प्रहरीमा १ हजार ४ सय ७३ जना छानिएका छन् । म्यादी प्रहरीको लागि परेको ३ हजार ७ सय ३७ जनाको आवेदनमध्ये चैत्र १५ गतेदेखि २१ गतेसम्म संचालित शारीरिक तन्दुरुस्ती, स्वास्थ्य परिक्षण, लिखित परीक्षा तथा अन्तर्वार्ता सफल भएका परिक्षार्थीहरुको आजदेखि प्रशिक्षण सुरु गरेको हो ।
उक्त कार्यक्रममा पुरानो गोरख गण, सुपारेटार व्यारेक,हेटौडाका प्रमुख सेनानी सुवासचन्द्र महत, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्की, म्यादी प्रहरी भर्ना छनौट उप–समितीका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
