अटोमेटिक पेस्तोलसहित २ जना पक्राउ

तु खबर संवाददाता
२०७८ चैत्र २९, मंगलवार ०९:१०

जनकपुरधाम । धनुषाको जनकपुरधाममा अटोमेटिक पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका–१ घर भई जनकपुरधाम ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंह रहेका छन् ।

ज ७ प ७९३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१० स्थित प्रादेशिक अस्पताल अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा १० दिनको मुद्दा लिएर थप अनुसन्धान सुरु गरिएको जनाइएको छ ।