समाचार
राष्ट्र विकासका लागि सबैले साझा संकल्प लिनुपर्छ : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्र विकासका लागि सबैले साझा संकल्प लिनुपर्ने बताएका छन् । आज बैशाख १ गतेबाट सुभारम्भ भएको नयाँ वर्षका अवसरमा शुभकामना जारी गर्दै प्रमुख शर्माले भने, ‘प्राकृतिक स्रोत र साधनले भरिपूर्ण हाम्रो देश...
आजदेखि विक्रम सम्वत २०७९ सुरु
काठमाडौं । नयाँ वर्ष २०७९ साल आज (बिहीबार) देखि सुरु भएको छ । आज नेपाल तथा विदेशमा हर्षोल्लासका साथ एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइँदैछ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ...
नेकपा एमाले मकवानपुर बैठक : यस्तो छ निर्णय
मकवानपुर । नेकपा एमाले मकवानपुरको तेस्रो पुर्ण कमिटीको बैठक बुधबार सम्पन्न भएको छ । बैठक जिल्ला अध्यक्ष एकलाल श्रेस्ठको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकले स्थानीय निर्वाचन २०७९ का लागि जिल्लाका सबै पालिकाबाट आएको उम्मेदवारहरुको सिफारिस संकलन गर्ने, प्रदेश र केन्द्रमा सिफारिस गर्ने तथा गाउँपालिकाहरु र नगरपालिकाको वडाका उम्मेदवारहरुको...
महिला उद्यमी व्यवसायी संघद्वारा ज्येष्ठ महिलालाई सम्मान
मकवानपुर । महिला उद्यमी व्यवसायी संघ मकवानपुरले ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । संघले आफ्नो नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संघकी सल्लाहकार इन्दिरा गुरुङलाई सम्मान गरेको हो । यस्तै, संघले भूटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठ, संघकी निवर्तमान कोषाध्यक्ष रमा श्रेष्ठ, २०५५ सालदेखि निरन्तर रुपमा व्यवसाय...
थप १९ जनामा कोरोना संक्रमण, ४९ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ८५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ३ सय ४९ जनाको पीसीआर...
नेपाल परिवार दलले पनि सूर्य चिन्हबाट चुनाव लड्ने
काठमाडौं । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेपाल परिवार दलले पनि सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको छ । नेकपा एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमति अनुसार परिवार दलले सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको हो । निर्वाचनमा दुई दलबीच चुनावी तालमेल गरेर अघि...
बुधबार शेयरबजारमा हरियाली, ३० अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । आज ३० दशमलव २४ अंकले बढेको छ । अघिल्लो दिन उच्च गिरावट आएको पूँजीबजार आज १ दशमलव २७ प्रतिशतले बढेर २ हजार ४१५ दशमलव २४ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३३ लाख ९८ हजार...
दुर्घटनामा परेर तीन जना प्रहरीको मृत्यु
ओखलढुंगा । ओखलढुङ्गाको मानेभञ्ज्याङ ६ मा आज बिहान सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बिहान साडे ८ बजेको समयमा सोलुखुम्बुबाट विराटनगर आउँदै गरेको बा.१७ च १०९४ को बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । मृत्यु हुनेमा बोलेरोमा सवार प्रहरी...
नवौं राष्ट्रिय खेलकुद जेठ २२ मा हुने
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी वर्षको जेठमा हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिए । हरेक दुई वर्षमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद २०७७ सालमै...
नाइजेरियामा हतियारधारीको आक्रमणबाट २३ को मृत्यु
काठमाडौं । मध्य नाइजेरियाली प्रान्त बन्यूमा हतियारधारीहरुको आक्रमणमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ । उक्त प्रान्तको तारका नामक नगरमा दुई फरक–फरक समुदायका नागरिकमा भएको आक्रमणमा परेर उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । सोमबार राति भएको आक्रमणको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उक्त राज्यमा विगत...










