नाइजेरियामा हतियारधारीको आक्रमणबाट २३ को मृत्यु
काठमाडौं । मध्य नाइजेरियाली प्रान्त बन्यूमा हतियारधारीहरुको आक्रमणमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ । उक्त प्रान्तको तारका नामक नगरमा दुई फरक–फरक समुदायका नागरिकमा भएको आक्रमणमा परेर उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
सोमबार राति भएको आक्रमणको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उक्त राज्यमा विगत लामो समयदेखि विभिन्न जातिका बीचमा हत्याको शृंखला नै चल्ने गरेको छ । एकले अर्को जातिका मानिसमाथि यसरी सांघातिक हमला गर्ने र मानिसको ज्यान नै लिने गरेका छन् ।
