समाचार
डब्लुएचओका महानिर्देशक बैशाख ८ गते नेपाल आउने
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन् । गेहब्रेयससहितको टोली बैशाख ८ गते नेपाल आउने भएको स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार, उनी तीन दिने सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन् । नेपालमा रहँदा गेहब्रेयसले विभिन्न...
यस्तो छ मन्त्रिपरिषद बैठकको सात निर्णय
काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत्र ३० गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । बैठकले राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको...
बागमती प्रदेश : दुर्घटनामा परेर ३६० जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर ३६० जनाको मृत्यु भएको छ । प्रदेशको काठमाडौं उपत्यकाबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार, प्रदेशको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाबाहेकका १०...
सात वटै प्रदेशका लागि स्वास्थ्य विभागले माग्यो कर्मचारी
काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९) प्रतिकार्यका लागि कर्मचारी माग गरेको छ । कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि ८ जना कर्मचारी माग गरिएको जारी सूचनामा उल्लेख छ । सातै वटै प्रदेश एक/एक जना र एक जना व्यवस्थापन महाशाखाका लागि गरी आठ जना कर्मचारी माग गरेको हो । शुक्रबार...
आफ्नै घरको पेटीमा लडेर एक जनाको मृत्यु
पाल्पा । पाल्पाको तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको तानसेन नगरपालिका–४ होलाङदीका ६१ वर्षीय केशब महर्जन रहेको आफ्नै घरको पेटीमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार, अचानक लडेर घाइते भएका महर्जनको उपचारको क्रममा लुम्बिनी मेडिकल कजेज प्रभासमा...
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै
मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । सो बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेद्वारको टुङ्गो...
शुक्रबार सुनको भाउ बढ्यो
काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोलामा एक लाख २ हजार रुपैयाँ पुगेको छ ।...
बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते
काठमाडौं । काठमाडौंको बेसिगाउँमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बिहीबार जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्वरको बसले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्वरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको...
सम्पादक अधिकारी जनसेवा श्रीबाट विभूषित
मकवानपुर । सरकारले पत्रकारितामार्फत् समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै तु खबर डटकमका सम्पादक गिरिजा अधिकारीलाई जनसेवा श्रीबाट विभूषित गरेको छ । विहिबार सरकारले आयोजना गरेको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिकारीलाई विभूषण विभूषित गरेकी हुन् । २ दशकभन्दा बढी निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय रहेका अधिकारीलाई सरकारले संविधान दिवस २०७८...
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा नयाँ वर्षको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नयाँ वर्ष २०७९ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले बिहीबार एक सूचना जारी गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन् । जारी सूचनामा नयाँ वर्ष २०७९ मा कोभिडबाट थलिएको...










