बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

तु खबर संवाददाता
२०७९ बैशाख १, बिहीबार ०८:४६
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नयाँ वर्ष २०७९ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले बिहीबार एक सूचना जारी गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन् ।

जारी सूचनामा नयाँ वर्ष २०७९ मा कोभिडबाट थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न सफल हुने विश्वास लिएको उल्लेख छ । मुख्यमन्त्री पाण्डेले यसका लागि देश भित्र आर्थिक क्रियाकलापमा वृद्धि गर्न व्यवस्थित योजनाका साथ समृद्धिको यात्रामा तीनै तहका सरकारले समन्वय र सहकार्यका गर्दै ठोस योजनाका साथ अघि बढनुपर्ने समय आएको बताए ।

मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकार समृद्ध प्रदेश निर्माण गर्नका लागि अघि बढाएका नीति तथा कार्यक्रमलाई अझ दृढतापूर्वक जनताले महशुस गर्ने गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

हेर्नुहोस् सूचना ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab