शुक्रबार सुनको भाउ बढ्यो

तु खबर संवाददाता
२०७९ बैशाख २,शुक्रबार १२:२६

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

भाउ बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोलामा एक लाख २ हजार रुपैयाँ पुगेको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख एक हजार ५ सय रुपैयाँ कायम हुँदा चाँदीको मूल्य १४ सय १५ रुपैयाँ प्रतितोला पुगेको छ ।