समाचार
सातामा सुनको भाउ २५ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको भाउ प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार, अघिल्लो साताको शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको हो । अघिल्लो साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ५०० रुपैयाँ थियो । जुन,...
हेटौंडा–८ स्थित मासु पसलमा आगलागी हुँदा ६ लाखको क्षति
मकवानपुर । मकवानपुरको हेटौंडास्थित एक पसलमा आज (शनिबार) बिहान आगलागी हुँदा ६ लाख बराबरको धनजनको क्षति भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित मासु पसलमा आगाली हुँदा उक्त रकम बराबरको धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, बिहान साढे ११ बजेको समयमा...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न आज (शनिबार) दिउँसो २ बजे सुरु हुने भनिएको बैठक ढिला गरी सुरु भएको हो । बैठकमा महानगर र उपमहानगरको उम्मेदवारीका विषयमा छलफल हुनेछ । सत्ता गठबन्धनले महानगर र उपमहानगरमा केन्द्रीय तहबाट चुनावी...
वृद्धको हत्या गरेको आरोपमा तामाङ पक्राउ
मोरङ । मोरङमा ६४ वर्षीय वृद्धमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्वर ६ का ३५ वर्षीय मणिकुमार तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनसार, मणिकुमारले चैत ३० गते स्थानीय ६४ वर्षीय देवीबहादुर तामाङलाई दाउरा प्रहार...
स्थानीय तह निर्वाचन तोकिएको मितिमा हुन्छ : आयुक्त भण्डारी
मकवानपुर । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तहको निर्वाचन तोकिएको मितिमा नै हुने बताएका छन् । शनिबार हेटौंडामा भएको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन तोकिएकै समयमा हुने बताएका हुन् । आयुक्त भण्डारीले निर्वाचन सर्छ भनेर जिम्मेवार व्यक्तिले बोल्दै गर्दा विगतमा आफैंले लेखेर...
अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने
काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय...
कांग्रेस बैठक बस्दै, महानगर र उप–महानगरबारे निर्णय गर्ने
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो । सो बैठकले महानगर र उपमहानगरको उम्मेदवारीबारे निर्णय गर्ने जनाइएको छ । सत्ता गठबन्धनले महानगर र उपमहानगरमा केन्द्रीय तहबाट चुनावी तालमेलको निर्णय लिने सहमति गरेपछि कांग्रेसले बैठक...
मनहरी २ को वडाध्यक्षमा स्याङतानको दावी
मकवानपुर । नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका २ का इन्चार्ज चन्द्रबहादुर स्याङ्तान (माधब) ले वडाध्यक्ष पदमा उम्मेदवारी दिने दावी गरेका छन् । स्याङतानले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा गठबन्धनको तर्फबाट मनहरी २ को वडाध्यक्ष पदमा उम्मेदवारी दिने दावी गरेका हुन् । उनले आफु वडाध्यक्षमा निर्वाचित भए...
ट्याक्टर दुर्घटना हुँदा २६ जना घाइते
दाङ । दाङमा ट्याक्टर दुर्घटनामा हुँदा २६ जना घाइते भएका छन् । शुक्रबार साँझ भारतको उत्तरप्रदेशस्थित पाटनदेवी मन्दिरमा लागेको मेला हेर्न जाँदै गरेका रा १ त ३७० नम्वरको ट्याक्टर गढवा गाउँपालिका–८ कोइलावास नजिक भिरालो ठाउँमा दुर्घटना हुँदा २६ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनसार, दुर्घटनामा घाइतेमध्ये...
आज पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।...










