समाचार

सत्तारुढ गठबन्धनको संयन्त्रको बैठक सोमबार पनि बस्ने

काठमाडौं । सत्ता गठबन्धन दलको संयन्त्रको बैठक भोलि (सोमबार) पनि बस्ने भएको छ । गठबन्धनका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्ने भएको सरकारका प्रवक्ता समेत रहेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, आज (आइतबार) बसेको बैठकमा गठबन्धनका उम्मेदवारहरुको...

पोखराको मेयर बन्न कांग्रेसबाट एक मन्त्रीसहित १८ जनाको आवेदन

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट बहालवाला मन्त्रीसहित १८ जनाले आवेदन दिएका छन् । आइतबार कांग्रेसको पोखरा महानगर समितिमा गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापासहित १८ जनाले मेयर बन्न आवेदन दिएका हुन् । आवेदन दिनेहरुमा सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती...

आइतबार २९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । नयाँ वर्ष २०७९ सालको शेयरबजार कारोबारको आज पहिलो दिन नेप्से परिसूचक २९ अंकले घटेको छ । गत सालको अन्तिम दिन हरियाली छाएर विदाई गरेको शेयरबजारमा आज २९ दशमलव ६० अंकले घटेको हो । आज नेप्सेमा सूचकिृत २३३ कम्पनीको ३३ लाख ३० हजार ८३४ कित्ता शेयर किनबेच हुँदा...

माइक्रोबस दुर्घटना हुँदा १७ घाइते, तीनको अवस्था गम्भीर

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आइतबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रो बस ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ८ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको...

ठूलो दुर्घटनाबाट जोगियो समिट एयरको जहाज

काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट बिहान ११ बजेर ४७ मिनेटमा उडेको एसएमए ४०७ उडान नम्बरको जहाज एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गरिएको हो । उडानकै क्रममा जहाजको बायाँतर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौं डाइभर्ट गरिएको थियो...

थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ७ सय ५० जनाको पीसीआर र...

चितुवाको छालासहित ४ जना पक्राउ

काठमाडौं । दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले बुढापनलकण्ठबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ८ गोल्फुटार र काठमाडौं महानगर–३ स्थित सीमानामा रहेको पुर्वपश्चिक गेष्ट हाउसबाट चितुवाको छालासहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चन्द्रकोट गाउँपालिका–७ झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, खिजिघोम्बा गाउँपालिका–९...

कक्षा ११ को परीक्षा जेठको तेस्रो हप्ता गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा आगामी जेठको तेस्रो सातादेखि संचालन गर्न निर्देशन दिएको छ । बोर्डले एक सूचना जारी गर्दै जेठ १६ गतेदेखि संचालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी संचालन गर्ने÷गराउन व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो ।...

निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान संचालन नगर्ने

काठमाडौं । निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान संचालन नगर्ने भएको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घरदैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष घरदैलो अभियान संचालन नगर्ने जनाएको हो । मतदाता शिक्षाका लागि खटाइएकाहरु कुनै न कुनै राजनीतिक दल वा उम्मेदवारसँग निकट...

खेलकुद महासंघ मकवानपुरको जिल्ला अधिवेशन सम्पन्न

मकवानपुर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरको जिल्ला अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । अधिवेशन नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज रामेस्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त अधिवेशनले सबिन मोक्तानको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । कमिटि उपाध्यक्षमा बिक्रम...