खेलकुद महासंघ मकवानपुरको जिल्ला अधिवेशन सम्पन्न

तु खबर संवाददाता
२०७९ बैशाख ४,आईतवार ०९:५२

मकवानपुर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरको जिल्ला अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । अधिवेशन नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज रामेस्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त अधिवेशनले सबिन मोक्तानको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । कमिटि उपाध्यक्षमा बिक्रम लामिछाने, रुपा ढुंगाना सचिवमा संगीत श्रेष्ठ, सह–सचिवमा रोशन ठकुरी र आशिष थापा मगर, कोषाध्यक्षमा केदार थिङ चयन भएका छन् ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सदस्य बलराम बल, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, खेलकुद महासंघ स्थायी कमिटी सदस्य धरमबहादुर लामा, सचिवालय सदस्य दिपक न्यौपाने, सदस्यहरु क्रमशः बुद्धि डिम्डुङ, दिपक खड्का, चन्द्र शाहीलगायतको सहभागिता थियो ।