पोखराको मेयर बन्न कांग्रेसबाट एक मन्त्रीसहित १८ जनाको आवेदन

तु खबर संवाददाता
२०७९ बैशाख ४, आईतवार १६:३९

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट बहालवाला मन्त्रीसहित १८ जनाले आवेदन दिएका छन् । आइतबार कांग्रेसको पोखरा महानगर समितिमा गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापासहित १८ जनाले मेयर बन्न आवेदन दिएका हुन् ।

आवेदन दिनेहरुमा सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण बिजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटा रहेका छन् । मेयर पदको उम्मेदवारका आकांक्षीलाई आइतबार ४ बजेसम्म आवेदन दिन भनिएको थियो ।

यस्तै, महानगर उपप्रमुखको उम्मेदवारका लागि १० जनाले आवेदन दिएको महानगर कमिटी सचिव गणेशबहादुर थापाले जानकारी दिए । कांग्रेसबाट महानगर प्रमुख बन्न आकांक्षीले २५ हजार रुपैयाँ र उपप्रमुख आकांक्षीले २० हजार रुपैयाँ तिरेर नाम दर्ता गरेका हुन् ।