समाचार

हेटौंडाको गुम्बाडाँडामा बुद्धमुर्ति अनावरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ स्थित गुम्बाडाँडामा २५ फिट अग्लो ढुङ्गाको बुद्ध मुर्ति अनावरण गरिएको छ । बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलले शनिबार एक समारोहकाबीच मुर्ति अनावरण गरेका हुन् । रु १ करोड ४४ लाखको लागतमा बोधी चैत्य बौद्ध स्तुपा मुर्ति निर्माण गरी अनावरण गरिएको हो । समाजसेवी...

राप्रपा हेटौंडाको अध्यक्षमा अरुण लामा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा अरुण लामा चयन भएका छन् । राप्रपा हेटौंडाको शनिबार भएको नगर भेलाले लामालाई अध्यक्षतामा चयन गरेको राप्रपा मकवानपुरका प्रवक्ता विशभ अधिकारीले जानकारी दिए । समितिको उपाध्यक्षमा शुक्रराज प्रजा तथा सचिवमा रघुनाथ खराल चयन भएका छन् । राप्रपा केन्द्रीय नेता मधु...

किशोर पन्थीको ‘जिरो माइल’ लोकार्पण

काठमाडौँ । पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘जिरो माइल’ शनिवार लोकार्पण भएको छ । अमेरिकी अध्यागमनको विषयलाई विशेष रुपमा उठान गरेर लेखिएको पुस्तकमा अन्य १११ टिप्स समावेश गरिएको छ । अध्यागमन कानूनको विषयमा आवश्यक जानकारी समेटिएको सो पुस्तकमा आप्रवासी र गैरआप्रवासी भिसामा अमेरिका आउन चाहानेहरुका लागि विभिन्न टिप्स समावेश...

स्थानीय निर्वाचन : उम्मेदवारी दिन चाहनेलाई लिखित प्रतिबद्धता पेश गर्न माओवादी बागमतीको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन चाहने नेता तथा कार्यकर्तालाई लिखित प्रतिबद्धता पेश गर्न निर्देशन दिएको छ । सो पार्टीका बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले आन्तरिक सर्कुलर जारी गर्दै निर्वाचनमा उम्मेदवार हुन चाहने नेता तथा कायकर्ताहरुलाई यही बैशाख ७ गतेभित्र लिखित...

हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीबाट पोखरेल र लामा सिफारिस

मकवानपुर । नेकपा एकीकृत समाजवादीले हेटौंडाको मेयरमा जिल्ला अध्यक्ष श्रीधर पोखरेल र बहालवाला उपमेयर मिना लामाको नाम सिफारिस गरेको छ । पार्टीको नगर कमिटिको शनिवार राति सम्पन्न बैठकले पोखरेल र लामाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । गठबन्धनबाट चुनाव लड्ने केन्द्रीय गठबन्धनको सहमति भए पनि पार्टीका तर्फबाट वडादेखि...

आज मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहनुका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, आइतबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।...

दुर्घटनामा बोहराको मृत्यु

धनगढी । बझाङमा जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । गएराति सुर्माबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जिप देउलेकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुर्माका बिनोद बोहरा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बोहराको घटनास्थलमै मृत्यु भएको  हो ।...

अमेरिकामा दुर्घटना हुँदा एक नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा सवारी दुर्घटनामा परेर एक जना नेपालीको मृत्यु भएको छ । अर्को गाडीले आफ्नो गाडीलाई ठक्कर दिँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको मृत्यु भइको क्यालिफोर्निया राजमार्ग प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो । गाडीको ठक्करबाट विष्टको घटनास्थलमै मृत्यु...

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको नगर अध्यक्षमा केसी

मकवानपुर । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को अध्यक्षमा भक्तबहादुर केसी चयन भएका छन् । नेपोनको शनिबार हेटौंडा–५ स्थित बासुकला पार्टी प्यालेसमा भएको प्रथम हेटौंडा नगर अधिवेशनबाट केसीको संयोजकत्वमा ३१ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा नारायण पौडेल, सचिवमा तीर्थ कुमारी खड्का, कोषाध्यक्षमा...

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ९ हजार ३० जनाको पीसीआर र ८७३ जनाको...