दुर्घटनामा बोहराको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख ४, आईतवार ०८:३०

धनगढी । बझाङमा जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । गएराति सुर्माबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जिप देउलेकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुर्माका बिनोद बोहरा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बोहराको घटनास्थलमै मृत्यु भएको  हो । ९ जना सवार रहेको उक्त जिपमा रहेका तीन जना घाइते भएका छन् । उनीहरुको धनगढीमा उपचार भइरहेको छ । जिपमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवारका सदस्य पनि सवार थिए । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।