थप १४ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ बैशाख ३, शनिबार १७:०५
filr-photo

काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा ९ हजार ३० जनाको पीसीआर र ८७३ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा ५५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हाल देशभर ४३८ जना सक्रिय संक्रमित रहेका छन् ।