समाचार

वनकरिया समुदायका विद्यार्थीले पाए विद्यालय

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–४ स्थित लोपोन्मुख वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एक मात्र माध्यमिक विद्यालयको रुपमा रहेको पशुपतिनाथ माविको नवनिर्मित विद्यालय भवन आज एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । २०७२ को भूकम्पका कारण क्षतिग्रस्त विद्यालयमा नेपाल सरकारले दातृनिकाय एसियाली विकास बैंकको ऋण सहयोगमा ९ वटा कक्षाकोठा...

निष्कर्षविहीन नै सकियो सत्ता गठबन्धनको बैठक

काठमाडौं । स्थानीय तह निर्वाचनको तालमेल तथा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । मंगलबार अपराह्न पुनः बैठक गठबन्धन बैठक सहमतिबिना नै सएिको एक नेताले बताए । गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...

हेटौंडा एकेडेमीले ३३६ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ नवलपुरस्थित हेटौंडा एकेडेमीले आगामी शैक्षिक सत्रबाट जेहेन्दार विद्यार्थीहरुका लागि विभिन्न ३ विधाको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । एकेडेमीले आज पत्रकार सम्मेलन गरी कक्षा १ देखि ९ सम्म अध्ययनरतमध्ये ३३६ विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको हो । एकेडेमीका अध्यक्ष अरुणराज सुमार्गीका अनुसार...

सुन, मोबाइल र ल्यापटपसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४० ग्राम सुन, मोबाइल र ल्यापटपसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलारी गाउँपालिका–८ घर भएका भागदेव कठरिया थारु रहेका छन् । जजिरन एयरको विमानमा दुबइबाट कुवेत हुँदै काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ...

कांग्रेसबाट हेटौंडाको मेयरमा एक महिलासहित ३ जनाको नाम सिफारिस

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडाको मेयर बन्न कांग्रेसबाट ३ जनाको नाम सिफारिस भएको छ । सोमबार बसेको कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठकले मेयर पदका लागि आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो । यस्तै, बैठकले उपमेयर पदमा अमृता थापा,...

स्थानीय तह निर्वाचनको लागि ९५ लाख थान मतपत्र छापियो

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि हालसम्म ९५ लाख थान मतपत्र छापिसकेको जनाएको छ । आयोगले आज सोमबार नियमित पत्रकार सम्मेलनको आयोजना गरी देशभरका ७७ जिल्लामध्ये ४६ जिल्लाका लागि पुग्ने ९५ लाख २५ हजार थान मतपत्र छापिसकेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता पौडेलले एक...

मकवानपुरका ९० प्रतिशतले लगाए टाइफाइडविरुद्धको खोप

मकवानपुर । मकवानपुरका ९० प्रतिशत बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् । गत चैत्र २५ गतेबाट सुरु भएको टाइफाइडविरुद्धको खोप अभियान अन्तरगत हालसम्म ९० प्रतिशत बालबालिकाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरका जनस्वास्थ्य निरीक्षक बाशु रिमालले जानकारी दिए । उनका अनुसार, जिल्लाका १ लाख ८ हजार ४६४ जना लक्षित बालबालिकामध्ये...

स्मृति दिवसको अवसरमा साहित्यकार शर्मा सम्मानित

मकवानपुर । साहित्यकार एवम् अनुवादक सिर्जना शर्मा सम्मानित भएकी छन् । पारिजातको २९ औं स्मृती दिवसको अवसरमा शर्मा नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशीसहित सम्मानित भएकी हुन् । शर्मा साहित्य संगम मकवानपुर र आदर्श टोल विकास संस्थाको संयुक्त आयोजनामा सोमबार भएको परिजात स्मृति सम्मान समर्पण तथा रचना...

सोमबार नेप्से परिसूचक ४१ अंकले घट्यो

काठमाडौं । आज साता कारोकारको दोस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । आइतबार २९ अंकले घटेको नेप्से परिसूचक आज ४१ दशमलव ७७ अंकले घटेर २ हजार ३४३ दशमलव ८७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३८ लाख ७६ हजार ३०२ कम्पनीको एक अर्ब ५३...

थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ३ हजार ६०० जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ९१ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १० जनामा संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३४...