समाचार
आज यी प्रदेशहरुमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । साथै प्रदेश १...
चट्याङले लियो मकवानपुरका गोलेको ज्यान
मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ८ बस्ने ६५ वर्षीय जितबहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, मंगलबार राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर...
जनपक्षीय बजेट र कार्यक्रम ल्याउँछौँ : मन्त्री मोक्तान
मकवानपुर । बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जनताको आवश्यक्ता र माग अनुसारको जनपक्षीय बजेट र कार्यक्रम ल्याउने बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा मंगलबार हेटौंडामा आयोजित बहिरामैत्री सेवा प्रवाहका लागि सरकारी तथा सरोकारवाला निकायसँग अन्तरक्रियात्मक कार्यक्रमको उद्घाटन गर्दै उनले सामाजिक विकास मन्त्रालय सबै बर्ग र क्षेत्रको समस्या...
मंगलबार १३ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । केही दिनदेखि लगातार घटेको नेप्से परिसूचक आज १३ अंकले बढेको हो । यसअघि सोमबार ४१ अंकले गिरावट आएको शेयरबजार आज दोहोरो अंकले बढ्न पुगेको हो । आन नेप्से परिसूचक १३ लशमलव ३७ अंकले बढेर २ हजार ३५७...
देशभर १० जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ४ हजार ४ सय ३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ५८ जनाको पीसीआर र १...
बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा मकवानपुरका एक जना पक्राउ
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बागमती गाउँपालिका निवासी ८ वर्षीया बालिकालाई जवरजस्ती करणीको आरोपमा स्थानीय ४९ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की जानकारी दिए । उनका अनुसार, सोमबार साँझ पीडित...
हेटौंडामा जर्नालिजम अवार्ड २०७९ हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जर्नालिजम अवार्ड २०७९ हुने भएको छ । न्यू मिडिया एकेडेमी प्रा.लिको आयोजनामा अवार्ड बैशाख १० गते हुने भएको हो । एकेडेमीले मंगलबार हेटौंडा पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो र चौथो हेटौंडा जर्नालिजम अवार्डबारे जानकारी गराइएको हो । सम्मेलनमा एकेडेमीका अध्यक्ष मणिराम गौतमले विभिन्न...
मकवानपुरको मनहरीमा चप्पल र कागजको प्लेट उद्योग संचालन
मकवानपुर । मकवानपुरको मनहरीमा चप्पल र कागजको प्लेट उद्योग संचालनमा आएको छ । मनहरी गाउँपालिका वडा नम्वर ६ मा बसोबास गर्दै आएका अनिस राईले उक्त उद्योग संचालनमा ल्याएका हुन् । मंगलबार संचालनमा आएको उद्योगको उद्घाटन मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गरेका हुन् । अध्यक्ष उप्रेतिले राईको व्यवसायलाई सहज बनाउन...
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
रौतहट । रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० वर्षीय अलि महमद रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गौरबाट कोप्वातर्फ जाँदै गरेको भारतीय नम्वरको मोटरसाइकल दुर्घटना हुँदा उनी गम्भीर घाइते...
सत्ता गठबन्धनको बैठक सुरु
काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । उनका अनुसार, आज बिहान ११ बजेका लागि बोलाइएको उक्त बैठक केहीबेर अघिबाट मात्रै सुरु भएको हो । महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन बोलाइएको बैठक नेपाली...










