समाचार
स्थानीय तह निर्वाचन : मतपत्र छाप्न बढीमा १० दिन लाग्ने
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि मतपत्र छपाइ बढीमा १० दिनमा सकिने जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रियामा सो कुरा जानकारी गराएका हुन् । उनका अनुसार, हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ । छपाइ...
एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएको छ । घोषणा पत्रमा...
सशस्त्रका ५६ इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस
काठमाडौं । सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । गृहमन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले ५६ इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को...
पौडी खेल्न गएका एक बालक मृत फेला
धनगढी । कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका दुई बालकमध्ये एक मृत फेला परेका छन् । जिल्लाका पन्चदेवल विनायक नगरपालिका वडा नम्वर ८ का ६ वर्षीय अभिषेक जैसी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोही ठाउँका ११ वर्षीय विराज जैसी भने अझै...
मकवानपुरमा चुनावी तालमेल गर्न एमाले र राप्रपा नेपालबीच बैठक बस्दै
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरमा राप्रपा नेपालले केन्द्रको निर्णय अनुसार नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ । सोही सन्दर्भमा छलफल गर्न राप्रपा नेपाल र एमालेबीच आज बैठक हुने भएको हो । राप्रपा नेपालका अध्यक्ष गुरुप्रसाद सापकोटाले आजको बैठकबाट चुनावी तालमेलको विषयमा एउटा निश्कर्ष निकालिने तयारी भइरहेको...
चुनावी तालमेलको लागि एमाले र परिवार दलबीच छलफल जारी
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाल परिवार दल मकवानपुरले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ । परिवार दल मकवानपुरका अध्यक्ष हरिबहादुर लोप्चन र एमाले अध्यक्ष एकलाल श्रेष्ठबीच भएको छलफलमा परिवार दलले मकवानपुरमा ३ वडामा १/१ जना वडा सदस्य माग गरेको छ । । दलले हेटौंडा उपमहानगरपालिका वडा...
सत्ता गठबन्धनको बैठक आज पनि बस्दै
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी भागबण्डा मिलाउन गठबन्धनको बैठक बस्न लागेको सरकारका प्रवक्ता एवम् कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ११ बजे बस्ने गरी बोलाइएको...
आजबाट देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौं । सरकारले आजबाट देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम संचालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार, ७ सय ५३ वटा पालिकामा आज र भोलि राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ । महाशाखाको पोषण शाखाका प्रमुख लिला...
बझाङमा आज बिहानै भूकम्पको धक्का
काठमाडौं । बझाङमा आज (मंगलबार) बिहानै भूकम्प गएको छ । जिल्लामा बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । उनका अनुसार, जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्नेच्युटको भूकम्प गएको हो । भूकम्पको धक्का बझाङसहित छिमेकी...
नेकपा एकीकृत समाजवादीको आन्तरिक छलफल जारी
मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरले जिल्लाको ६ स्थानीय तहमा आफ्नो बलियो पकड रहेको दाबी गरेको छ । सोमबार पार्टीको जिल्ला कमिटी बैठकमा रिपोर्टिङ गर्ने क्रममा भूगोलका इञ्चार्जहरुले ६ वटा स्थानीय तहमा मेयर र अध्यक्ष पाउनु पर्ने गरी पार्टीलाई लबिङ गर्न खबरदारी पनि गरे । पार्टी संगठन राम्रो भएको...










