समाचार

बुधबार शेयर बजारमा उच्च गिरावट

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ३६ दशमलव ७३ अंकले घटेर २ हजार ३२० दशमलव ५१ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच...

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ । दाङमा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको घोराही तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका नं. १४ कपासीमा रा १ त ३३७० नं. को ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा घोराही–१० उत्तर अम्राईका...

हेटौंडाकोे ओम बृद्धाश्रमलाई आर्थिक रकम सहयोग

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ मा रहेको ओम बृद्धाश्रमलाई आर्थिक रकम सहयोग गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन मकवानपुरले आफ्नो ३२ औं स्थापना दिवसको अवसरमा बुधबार एक कार्यक्रमबीच आश्रमलाई आर्थिक रकम सहयोग गरेको हो । स्थापना दिवसका अवसरमा कर्मचारी संगठनका अध्यक्ष यादबिन्द्र पौडेलले आश्रमका अध्यक्ष...

केन्द्रले भागबण्डा गरेलगत्तै हेटौंडाको नेतृत्व लिन दलका उम्मेदवारहरुको दौडधुप

मकवानपुर । सत्ता गठबन्धनको मंगलबार बसेको केन्द्रीय बैठकले हेटौंडा उपमहानगरपालिको मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार बनाउने गरी सहमति गरेसँगै यहाँको राजनीति गर्माएको छ । गठबन्धनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले मेयर पाउने चर्चा चलिरहेको बेला केन्द्रले हेटौंडा उपमहानगरमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा अघि बढ्ने तयारी...

स्थानीय चुनाव : निर्वाचन आयोगद्वारा धरौटी तोकियो, कुन पदका लागि कति ?

काठमाडौं । स्थानीय तह चुनावमा सहभागी हुन निर्वाचन आयोगले वडा सदस्यदेखि नगर प्रमुखसम्मका लागि धरौटी रकम तोकेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा सहभागी हुन आयोगले वडा सदस्यदेखि अध्यक्ष र प्रमुखका लागि धरौटी रकम तोकेको हो । आयोगले स्थानीय तहको वडा सदस्यका लागि पाँच सय रुपैयाँ,...

बैशाख १९ गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने

काठमाडौं । यही बैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२२ मनाइने भएको छ । दिवसको मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिको मंगलबारको बैठकले दिवसका नारा तयारीलगायत प्रचारप्रसारका लागि आवश्यक गृहकार्य गरेको छ । सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा रहेको सो समितिको आज सञ्चारग्राममा...

स्थानीय निर्वाचनको ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द हुने

काठमाडौं । स्थानीय तह निर्वाचन हुनु भन्दा ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला...

सत्तारुढ गठबन्धनको बैठक आज पुनः बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज (बुधबार) पुनः बस्ने भएको छ । महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन गठबन्धनको बैठक बुधबार बिहान पुनः बस्ने भएको हो । बैठक बिहान ११ बजे बस्ने भएको हो । मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरू सहमतिका लागि छलफलमा जुटे...

श्रीलंकामा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो । श्रीलंकाको रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाउँदा एक जनाको मृत्यु भएको हो । प्रहरीले चलाएको गोलीलागेर ११ जना प्रदर्शनकारी घाइते भएका...

कांग्रेसबाट भीमफेदीको अध्यक्षमा तीन जनाको नाम सिफारिस

मकवानपुर । नेपाली कांग्रेसबाट भीमफेदी गाउँपालिका अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि भीमफेदीको अध्यक्षमा कांग्रेस जिल्ला उपसभापतिसहित तीन जनाको नाम सिफारिस भएको हो । कांग्रेस भीमफेदी गाउँपालिका कार्यसमितिको बैठकले पालिका अध्यक्षका लागि जिल्ला उपसभापति आनन्नद कठायत,...