समाचार

अपर सोलु हाइड्रोपावरले पायो आइपीओ जारी गर्ने अनुमति

काठमाडौं । अपर सोलु हाइड्रोपावरले आइपीओ जारी गनेृ अनुमति पाएको छ । उक्त हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्ने अनुमति पाएको हो । बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाएको हाइड्रोपावरले ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ निष्कासन गर्ने तयारी...

आज नेप्से ४ अकंले बढ्दा १ अर्ब ६२ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको पाँचौं दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से सामान्य अंकले बढेको हो । हिजो बुधबार ३६ अंकले घटेको नेप्से परिसूचक आज ४ दशमलव ९४ अंकले बढेर २ हजार ३ सय २५ अंकमा पुगेको छ । आज १...

स्थानीय तहको चुनाव नसकिएसम्म भन्सार एजेन्टको परीक्षा स्थगित गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनाव सम्पन्न नभएसम्मका लागि भन्सार एजेन्टको परीक्षा नगर्न निर्देशन दिएको छ । आयोगले निर्वाचनको आचारसंहिता लागू भइसकेकाले चुनाव नसकिएसम्मका लागि परीक्षा स्थगित गर्न विभागलाई निर्देशन दिएको हो । यससँगै, बैशाख २० गतेलाई तय भएको भन्सार एजेन्टको परिक्षा पुनः सर्ने देखिएको छ । यसअघि,...

अक्सिजन सिलिन्डर विस्फोट हुँदा भारतीय नागरिकको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिकास्थित पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्रा. लि. मा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जना कामदारको मृत्यु भएको छ । अक्सिजन भर्ने क्रममा अचानक अक्सिजन सिलिन्डर विस्फोट हुँदा भारतको पश्चिम चम्पारम जिल्ला रतनपुरुवा गाउँ बस्ने ४५ वर्षीय वृज महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

मकवानपुरको १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुर । स्थानीय तह निर्वाचनका लागि हेटौंडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो । वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो ।...

शैक्षिक गुणस्तर सुधार्न सरकारसँगै अभिभावक पनि जिम्मेवार बन्नुपर्छ : मन्त्री मोक्तान

मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले शिक्षाको गुणस्तर सुधार गर्न सरकारसँगै विद्यार्थी, शिक्षक, अभिभावक जिम्मेवार बन्नुपर्ने बताएकी छन् । बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित अक्षयकोष दाता सम्मान, दीर्घसेवा शिक्षक सम्मान तथा बिदाई र एसईई परिक्षार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै...

एमाले सचिवालय बैठक बस्दै, महानगर र उपमहानगरमा उम्मेदवार टुंग्याउने

काठमाडौं । नेकपा एमाले सचिवालय बेठक आज बस्दैछ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्न लागेको हो । बैठक बिहीबार दिउँसो १ बजे बालकोटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिए । उनका अनुसार, उक्त बैठकले ६...

ब्राउनसुगरसहित ३ जना पक्राउ

रुपन्देही । बुटवलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले ५ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का स्थानीय राजेश विश्वकर्मा, लक्ष्मण पुन र अविनाश थापा रहेका छन् । उनीहरुलाई गोप्य सूचनाका आधारमा...

ब्यारेकमा गोली लागेर महिला सैनिक जवानको मृत्यु

काठमाडौँ । गएराति गोली लागेर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको आज विहान मृत्यु भएको छ । सिपाही पदमा रहेकी झापाको गौरहदह नगरपालिका वडा नम्वर स्थायी घर भएकी २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको...

आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा बनेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । देशको पहाडी...