अक्सिजन सिलिन्डर विस्फोट हुँदा भारतीय नागरिकको मृत्यु
काठमाडौं । ललितपुर महानगरपालिकास्थित पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्रा. लि. मा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जना कामदारको मृत्यु भएको छ । अक्सिजन भर्ने क्रममा अचानक अक्सिजन सिलिन्डर विस्फोट हुँदा भारतको पश्चिम चम्पारम जिल्ला रतनपुरुवा गाउँ बस्ने ४५ वर्षीय वृज महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त विस्फोटमा परेर अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका भारतकै २५ वर्षीय राजकुमार महतोको उनको लगनखेल स्थित पाटन अस्पताल उपचार भइरहेको छ भने काठमाडौंको चन्द्रागिरि बस्ने ४९ वर्षीय गङ्गाराज शर्माको ग्वार्कोस्थित बी एण्डी बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
