समाचार

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । उक्त घोषणापत्र च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका हुन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर...

भोलिदेखि सुरु हुने एसईई परीक्षाको सबै तयारी पूरा

काठमाडौं । बैशाख ९ गते अर्थात भोलिदेखि देशैभर संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने एसईई परीक्षामा नियमिततर्फ ३ लाख...

एमालेले महानगर र उपमहानगरका उम्मेदवार बैशाख १० गतेमात्रै टुंगो लगाउने

काठमाडौं । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारी यही बैशाख १० गतेमात्रै टुंगो लगाउने भएका छन् । एमालेको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेदवार सिफारिस गरेका नामहरूबारे सामान्य छलफल गर्दै अर्को बैठकले उम्मेदवार तय...

निर्वाचन आयोगः जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन थालियो

काठमाडौं । निर्वाचन आयोगले दशेभरका जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन थालेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार, बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु, काठमाडौं जिल्लाका लागि आवश्यक पर्ने निर्वाचन सामग्री पठाइएको हो । अन्य जिल्लाहरुमा पनि क्रमशः निर्वाचन सामग्री पठाइने उनको भनाइ छ । यही बैशाख ३० गते...

त्रिभुवन विमानस्थलबाट ३१७ ग्राम सुनसहित महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक महिला पक्राउ परेकी छन् । डाइपरमा लुकाएर ल्याएको अवस्थामा एक महिलालाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए । पक्राउ पर्नेमा दोलखाकी २४ वर्षीया एक महिला रहेका छन् । कतार एयरवेजबाट दोहाबाट काठमाडौं आएकी उनलाई बुधबार...

देशभर थपिए १५ जना कोरोना संक्रमित, भए ३२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरका३ हजार ५ सय ४७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ८३ जनाको पीसीआर र एक हजार...

कांग्रेसका शीर्ष नेताहरुबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताहरुको छलफल जारी छ । सत्तारुढ गठबन्धनभित्र महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँट भएपछि कांग्रेस आन्तरिक छलफलमा जुटेको हो । बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद...

बागमती प्रदेशसभा सदस्य सुवेदीले दिए राजीनामा

मकवानपुर । बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदीले सांसद पदबाट राजीनामा दिएका हुन् । सुवेदीले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न सांसदबाट राजीनामा दिएका हुन् । उनले बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष बिहीबार...

एमाले सचिवालय बैठक बालकोटमा जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा जारी छ । महानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयर उम्मेदवारबारे छलफल गर्न बैठक बोलाएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकले महानगर, जिल्ला हुँदै प्रदेश कमिटीबाट सिफारिस भएर आएका नाममा महानगर र उपमहानगरका उम्मेदवार छान्नेछ । एमालेसहित सबैजसो...

स्थानीय तह चुनावको लागि कांग्रेस बागमतीले तोक्यो जिल्ला संयोजक, मकवानपुरमा लामा

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले आसन्न स्थानीय तह चुनावमा कांग्रेस पार्टी र तालमेल गरिएका दलहरुका उम्मेदवारलाई विजयी गराउन बागमती प्रदेशका १३ जिल्लामा संयोजकहरु ताकेका छन् । कांग्रेस बागमतीले एक विज्ञप्ती जारी गर्दै उपसभापति चन्द्र महर्जनको संयोजकत्व तथा निर्देशनमा रहने गरी १३ जिल्लाका पालिकाहरुमा तोकिएका...