निर्वाचन आयोगः जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन थालियो
काठमाडौं । निर्वाचन आयोगले दशेभरका जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन थालेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार, बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु, काठमाडौं जिल्लाका लागि आवश्यक पर्ने निर्वाचन सामग्री पठाइएको हो ।
अन्य जिल्लाहरुमा पनि क्रमशः निर्वाचन सामग्री पठाइने उनको भनाइ छ । यही बैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचन सामग्री करिब १० दिनभित्र सबै जिल्लामा पठाइसक्ने उनले जानकारी दिए । साथै उनले १ करोड १९ लाख मतपत्र छापिसकेको पनि बताए ।
