समाचार
मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु
काठमाडौं । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । हुलाकी सडकखण्ड अन्तरगतको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६...
स्थानीय निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि नीजि क्षेत्रका हेलिकप्टर प्रयोग गर्न पाउने
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा सुरक्षामा नीजि क्षेत्रका हेलिकप्टर पनि प्रयोग गर्न दिने भएको छ । शुक्रबार गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघमा आवद्ध एयरलाइन्सका प्रतिनिधिहरूबीच बसेको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार, बैठकले निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउने प्रयोजनमा...
सत्तारुढ गठबन्धन सहमति नजिकः मकवानपुरमा यसरी हुँदैछ भागबण्डा
मकवानपुर । मकवानपुरमा सत्तारुढ पाँच दलीय गठबन्धन उम्मेदवार तय गर्ने विषयमा सहमतिको नजिक पुगेको छ । शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा काठमाडौँमा भएको छलफलमा मकवानपुरको १० वटै पालिकाको उम्मेदवार तय गर्ने सन्दर्भमा सहमति जुटेको हो । भागबण्डा मिलाउन सकस भएपछि जिल्लाका नेताहरु छलफलको लागि आज...
थप १८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३ हजार ६ सय ४१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, २ हजार १ सय ३३ जनाको पीसीआर परीक्षणमा ९...
प्रधानमन्त्री देउवा र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार प्रधानमन्त्री निवास बालुटारमा भेटवार्ता भएको हो । भेटको क्रममा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रमहरु संचालन गरेको जानकारी गराए । साथै उनले कोभिड नियन्त्रण लगायत...
मदन–आश्रितको शालिक तोड्नेलाई कारवाही गर्न युवा संघ मकवानपुरको माग
मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ स्थित दिब्य बाल उद्यानमा रहेको अर्धकदको शालिक तोडफोड गनेलाई कारबाहीको माग गर्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । युवा संघ मकवानपुरका कार्यवाहक अध्यक्ष...
मकवानपुर गठबन्धनको भागबण्डा मिलाउन बानियाँको नेतृत्वमा काठमाडौंमा बैठक
मकवानपुर । मकवानपुरमा पाँच दलीय गठबन्धनबीच भागबण्डा मिलाउन सकस भएपछि नेताहरु छलफलको लागि आज विहानै काठमाडौँ पुगेका छन् । बिहीबार राति अबेरसम्म हेटौंडामा बसेको जिल्लास्तरीय गठबन्धन बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच भागबण्डाका बारेमा सहमति हुन नसकेपछि कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा...
एसियाली खेलकुद : नेपालले २३ खेलमा सहभागिता जनाउने
काठमाडौं । चीनको होङझोउमा हुने १९ औं संस्करणको एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठकले एसियाडका लागि सहभागी खेलसंख्या निर्धारण गरेको हो । दुई वर्षअघि नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेल तथा पछिल्लो...
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौंको पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भई हाल कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गएराति जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको...
उम्मेदवार छान्न बोलाइएको कांग्रेस बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन गर्न आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार, नेताहरुको व्यस्तताका कारण आज बोलाइएको कांग्रेस बैठक स्थगित भएको...









