समाचार
नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनको लागि आज घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने तयारी भए पनि समय भने निश्चित भइनसकेको एक नेताले बताए । पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको घोषणापत्र तयारी समिति बनाएको थियो । समितिका एक सदस्यले...
सत्तारुढ गठबन्धनको अधिकांश उम्मेदवारी भोलि मात्रै दर्ता हुने
काठमाडौं । सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि अधिकांश स्थानको उम्मेदवारी भोलि मात्रै दर्ता गर्ने भएको छ । केही जिल्ला बाहेक साझा उम्मेदवार तय हुन बाँकी रहेकोले भोलि मात्रै उम्मेदवारी दर्ता हुने एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रका नेता देव गुरुङले पनि नमिलेको ठाउँमा...
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौं । काठमाडौंको काँडाघारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षीय कमल आलेमगर र २२ वर्षीय गोपाल आलेमगर रहेको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ । प्रहरीका अनुसार, बा ५० प ९९३६ नम्वरको मोटरसाइकल बिजुलीको...
हेटौंडाको मेयरमा पौडेललाई उम्मेदवार बनाउने एमालेको निर्णय
मकवानपुर । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा अनन्त पौडेललाई उम्मेदवार बनाउने भएको छ । आसन्न निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउन बसेको एमालेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । पौडेल संविधानसभा सदस्यसमेत हुन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पौडेल मकवानपुरको निर्वाचन क्षेत्र नम्वर ३...
मकवानपुरका पत्रकार पुरस्कृत
मकवानपुर । न्यू मिडिया एकेडेमी प्रा.लि.ले मकवानपुरका क्रियाशिल पत्रकारहरुलाई विभिन्न विधामा पुरस्कृत गरेको छ । एकेडेमीले शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी जिल्लामा क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको हो । एकेडेमीले तेस्रो तथा चौथो हेटौंडा जर्नालिज्म अवार्ड कार्यक्रम अन्तर्गत १३ वटा विधामा उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत गरेको हो । उत्कृष्ट अनलाईन...
एमालेबाट मनहरीको अध्यक्षको टिकट उप्रेतीलाई
मकवानपुर । नेकपा एमालेले मनहरी गाउँपालिकाको अध्यक्ष पदको टिकट एकराज उप्रेतीलाई दिने भएको छ । उप्रेती बहालवाला अध्यक्ष हुन् । उनी २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै, एमालेले मनहरी गाउँपालिकाको उपाध्यक्षको टिकट सुजिता थिङलाई दिने निर्णय गरेको छ । एमालेले यसअघि भीमफेदी गाउँपालिकामा...
स्थानीय निर्वाचन : आजबाट उम्मेदवारको मनोनयन दर्ता सुरु
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि आजबाट उम्मेदवारीको मनोनयन दर्ता सुरु हुने भएको छ । निर्वाचन आयोगले बैशाख ११ र १२ गतेका लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो । आयोगले आज र भोलि दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन...
पत्रकारलाई स्वास्थ्य उपचार कार्ड वितरण
मकवानपुर । प्रेस सेन्टर मकवानपुरले जिल्लाको जेष्ठ पत्रकार र महिला पत्रकारलाई शनिबार हेटौंडामा स्वास्थ्य उपचार सुविधा कार्ड वितरण गरेको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष जुगल सापकोटा, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टलाई कार्ड वितरण गरेर शुभारम्भ गरेका...
बागमती प्रदेश प्रमुख शर्माद्वारा लोकतन्त्र दिवसको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आज (आइतबार) शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका हुन् । साथै उनले लोकतन्त्र प्राप्तिका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने...
देशभर थप १८ जनामा कोरोना संक्रमण
काठमाडौं । देशभर थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ४ हजार ९ सय ४७ जनाको नमुना परीक्षण गर्दा उनीमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ६ सय ९१ जनाको पीसीआर र...










