देशभर थप १८ जनामा कोरोना संक्रमण

तु खबर संवाददाता
२०७९ बैशाख १०, शनिबार १६:४४
file-photo

काठमाडौं । देशभर थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ४ हजार ९ सय ४७ जनाको नमुना परीक्षण गर्दा उनीमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ६ सय ९१ जनाको पीसीआर र १ हजार २ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या २ सय ८३ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।