समाचार

कांग्रेसद्वारा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसले आइतबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच निर्वाचनका लागि घोषणापत्र सार्वजिक गरेको हो । निर्वाचन घोषणापत्रमा पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाको उपस्थिति रहेको थियो ।...

बकैया गाउँपालिकामा गठबन्धनबाट बाहिरियो कांग्रेस, मित्रवत प्रतिस्पर्धा गर्ने

मकवानपुर । बकैया गाउँपालिकामा नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएको छ । कांग्रेस बकैया गाउँ कार्यसमितिले आइतबार पत्रकार सम्मेलन गर्दै स्थानीय तहको मनोभावना विपरित केन्द्रबाट गठबन्धन लाद्न खोजिएको भन्दै गठबन्धनबाट बाहिरिएको घोषणा गरेको हो । कांग्रेस बकैया सभापति दिलबहादुर बोम्जन लामाले गठबन्धनका दलहरुबीच मित्रवत रुपमा चुनावी प्रतिस्पर्धामा जान मिल्ने प्रावधान रहेको...

गोरखामा कांग्रेस गठबन्धनबाट बाहिरियो

काठमाडौँ । गोरखामा सत्तारुढ दलहरुबीच चुनावी तालमेल हुन नसकेपछि गठबन्धनबाट नेपाली कांग्रेस बाहिरिएको छ। गठबन्धनमा सहभागी चार दलमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि काँग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै पत्रकार सम्मेलन गरेर बाहिरिएको हो । काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले काँग्रेस लचिलो भएर संवादमा बसेपनि सहमती हुन नसकेपछि...

करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । महिलामाथि करणी गरेको अभियोगमा प्रहरीले गांगबुबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–३ बस्ने २४ वर्षीय गुरुप्रसाद बिसी रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

हेटौंडाको मेयरमा सिंह र भट्टराईको उम्मेदवारी मनोनयन

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि हेटौंडाको मेयर पदमा नेपाल मजदुर किसान पार्टीका रमेशमान सिंहले उम्मेदवारी मनोनयन गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा पुगी सिंहले उम्मेदवारी मनोनयन गरेका हुन् । त्यस्तै उन्नत लोकतन्त्र पार्टीबाट मेयर पदमा अयोध्याप्रसाद भट्टराईले उम्मेदवारी मनोनयन गराएको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न...

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनबारे हेटौंडामा अन्तरक्रिया

मकवानपुर । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन तथा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका समस्याको विषयमा हेटौंडामा अन्तरक्रिया भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा अन्तरक्रिया भएको हो । कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले श्रमजीवी पत्रकार कार्यान्वयनका बिषयमा पत्रकारहरुबाट आएको...

बागमती प्रदेशसभा सदस्य केशव स्थापितले दिए राजीनामा

मकवानपुर । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । उनले आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका हुन् । स्थापित पूर्व मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार हुँदा भौतिक पूर्वाधारविकास मन्त्रीसमेत...

मकवानपुरको सबै पालिकामा एमालेले टुंग्यायो उम्मेदवार

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले मकवानपुरको १० वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाउने तय गरेको छ भने थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामीले उम्मेदवारी दिने भएका छन् ।...

कक्षा १२ को परीक्षा समयतालिका परिवर्तन

काठमाडौं । कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन भएको छ । राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म संचालन हुने कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका परिवर्तन गरेको हो । बोर्डले सूचना जारी गर्दै विभिन्न सरोकारवालाहरुले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेकाले समयतालिका...

आइतबार सुनको भाउ घट्यो

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो । अघिल्लो हप्ता छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९०० रुपैयाँ पुगेको सुन आज ४०० रुपैयाँले घटेर एक लाख ५०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...