आइतबार सुनको भाउ घट्यो

तु खबर संवाददाता
२०७९ बैशाख ११,आईतवार ११:०४
file-photo

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो । अघिल्लो हप्ता छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९०० रुपैयाँ पुगेको सुन आज ४०० रुपैयाँले घटेर एक लाख ५०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको भाउ समेत ५०० रुपैयाँले घटेको छ । भाउ घटेसँगै आज तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ५०० रुपैयाँ कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।