हेटौंडाको मेयरमा सिंह र भट्टराईको उम्मेदवारी मनोनयन
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि हेटौंडाको मेयर पदमा नेपाल मजदुर किसान पार्टीका रमेशमान सिंहले उम्मेदवारी मनोनयन गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा पुगी सिंहले उम्मेदवारी मनोनयन गरेका हुन् ।
त्यस्तै उन्नत लोकतन्त्र पार्टीबाट मेयर पदमा अयोध्याप्रसाद भट्टराईले उम्मेदवारी मनोनयन गराएको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । आजबाट उम्मेदवारी मनोनयन कार्य प्रारम्भ भएता पनि शीर्ष राजनीनिक दलका उम्मेदवारहरुले हालसम्म उम्मेदवारी मनोनयन नगराएको उनले बताए । उनले उम्मेदवारी मनोनयन कार्य भोलि साँझ ५ बजेसम्म संचालन हुने पनि जानकारी दिए ।
