गोरखामा कांग्रेस गठबन्धनबाट बाहिरियो
काठमाडौँ । गोरखामा सत्तारुढ दलहरुबीच चुनावी तालमेल हुन नसकेपछि गठबन्धनबाट नेपाली कांग्रेस बाहिरिएको छ। गठबन्धनमा सहभागी चार दलमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि काँग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै पत्रकार सम्मेलन गरेर बाहिरिएको हो । काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले काँग्रेस लचिलो भएर संवादमा बसेपनि सहमती हुन नसकेपछि एकल रुपमा प्रतिस्पर्धा गर्ने बताए ।
यस्तै माओवादी केन्द्रले पनि गठबन्धनमा रहेका बाँकी दलसँग चुनावी तालमेल गर्ने जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताएका छन् । यस अघि निर्वाचनमा काँग्रेसले ९ र माओवादीले २ स्थानीय तह जितेका थिए। गोरखामा २ नगरपालिका सहित ११ स्थानीय तह छन्।
