बागमती प्रदेशसभा सदस्य केशव स्थापितले दिए राजीनामा

तु खबर संवाददाता
२०७९ बैशाख ११, आईतवार १२:१६

मकवानपुर । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । उनले आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका हुन् । स्थापित पूर्व मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार हुँदा भौतिक पूर्वाधारविकास मन्त्रीसमेत बनेका थिए । पार्टी भित्रकै विवादका कारण मुख्यमन्त्री पौडेलले उनलाई मन्त्री पदबाट बर्खास्त गरेका थिए ।

आसन्न स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बन्न यसअघि बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पनि पदबाट राजीनामा दिएका थिए । उनी नेकपा एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।