करणी गरेको अभियोगमा एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख ११, आईतवार १३:१४
सांकेतिक तस्बिर

काठमाडौं । महिलामाथि करणी गरेको अभियोगमा प्रहरीले गांगबुबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–३ बस्ने २४ वर्षीय गुरुप्रसाद बिसी रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।