बकैया गाउँपालिकामा गठबन्धनबाट बाहिरियो कांग्रेस, मित्रवत प्रतिस्पर्धा गर्ने

तु खबर संवाददाता
२०७९ बैशाख ११, आईतवार १३:४८

मकवानपुर । बकैया गाउँपालिकामा नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएको छ । कांग्रेस बकैया गाउँ कार्यसमितिले आइतबार पत्रकार सम्मेलन गर्दै स्थानीय तहको मनोभावना विपरित केन्द्रबाट गठबन्धन लाद्न खोजिएको भन्दै गठबन्धनबाट बाहिरिएको घोषणा गरेको हो ।

कांग्रेस बकैया सभापति दिलबहादुर बोम्जन लामाले गठबन्धनका दलहरुबीच मित्रवत रुपमा चुनावी प्रतिस्पर्धामा जान मिल्ने प्रावधान रहेको भएपनि केन्द्रबाट स्थानीय जनताको मनोभावना विपरित गठबन्धन लादिएको भन्दै आसन्न चुनावमा कांग्रेस एक्लै अघि बढ्ने बताए । उनले पालिकाको १२ वटै वडा समितिको सहमति जुटाएर आफुहरु अघि बढेको र १२ वटै वडासहित सिंगो पालिकामा जित हासिल गर्ने दावी गरे ।

हेर्नुहोस् प्रेस विज्ञप्ति