मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख ११, आईतवार १०:३७
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको काँडाघारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षीय कमल आलेमगर र २२ वर्षीय गोपाल आलेमगर रहेको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।

प्रहरीका अनुसार, बा ५० प ९९३६ नम्वरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा दुबै जना गम्भीर घाइते भएका थिए । घाइते उनीहरुको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा आज बिहान सवा ६ बजे मृत्यु भएको हो ।