सत्तारुढ गठबन्धनको अधिकांश उम्मेदवारी भोलि मात्रै दर्ता हुने
काठमाडौं । सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि अधिकांश स्थानको उम्मेदवारी भोलि मात्रै दर्ता गर्ने भएको छ । केही जिल्ला बाहेक साझा उम्मेदवार तय हुन बाँकी रहेकोले भोलि मात्रै उम्मेदवारी दर्ता हुने एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।
माओवादी केन्द्रका नेता देव गुरुङले पनि नमिलेको ठाउँमा वार्ता गरेर टुंग्याउनुपर्ने भएकाले मिलेको ठाउँमा बोहक धेरै ठाउँमा भोलि नै उम्मेदवारी दर्ता हुने जानकारी दिए । उम्मेदवारी आजै टुंग्याउने प्रयास हुने र आज नटुंगिएको स्थानमा भोलि टुंग्याउने उनको भनाई छ ।
महानगरका मेयर÷उपमेयर तथा उपमहानगरका मेयर÷उपमेयरका उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो ।
