मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु
काठमाडौं । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । हुलाकी सडकखण्ड अन्तरगतको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षीय रञ्जीत यादव रहेका छन् । बिहान सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्वरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।ओभरटेक गर्ने क्रममा दुई मोटरसाइकल आपसमा ठोकिएका प्रहरीले जनाएको छ ।
