एसियाली खेलकुद : नेपालले २३ खेलमा सहभागिता जनाउने

तु खबर संवाददाता
२०७९ बैशाख ९,शुक्रबार १६:४८

काठमाडौं । चीनको होङझोउमा हुने १९ औं संस्करणको एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठकले एसियाडका लागि सहभागी खेलसंख्या निर्धारण गरेको हो ।

दुई वर्षअघि नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेल तथा पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा उच्च प्रदर्शन गरिरहेका तथा सम्भावना भएका खेलहरु समावेश गर्ने निर्णय भएको वैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म सन्चालन हुँदैछ । नेपालले सहजै सहभागिता जनाउन पाउने सबैभन्दा ठूलो आधिकारिक प्रतियोगिता भएको हुनाले पनि धेरै भन्दा धेरै खेलका खेलाडीलाई एक्स्पोजर दिने रणनीति राखेपले लिएको हो ।