त्रिभुवन विमानस्थलबाट ३१७ ग्राम सुनसहित महिला पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक महिला पक्राउ परेकी छन् । डाइपरमा लुकाएर ल्याएको अवस्थामा एक महिलालाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेमा दोलखाकी २४ वर्षीया एक महिला रहेका छन् । कतार एयरवेजबाट दोहाबाट काठमाडौं आएकी उनलाई बुधबार राति ७ बजेको समयमा ४२ थान बच्चाको डाइपरभित्र लुकाएर ल्याएको ३१७ ग्राम सुनसहित पक्राउ गरेको जनाइएको छ । ती महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
